राजनीति

देउवालाई विश्वासको मत दिने सांसद पार्टीमा नरहने एमालेको स्थायी समितिको निर्णय


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको बैठकले आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद पार्टीमा नरहने निष्कर्ष निकालेको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीले विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो्, ‘हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्न सक्दैनौं । पार्टीका सांसदहरु र सम्भव भएसम्म अरु पार्टीका सदस्यहरुलाई पनि भन्नेछौँ ।’ देउवालाई माधव नेपाल समूहका नेताहरुले विश्वासको मत हालिसकेपछि भने उनीहरु पार्टीमा नरहने उहाँले प्रष्ट पार्नुभयो ।