राजनीति

एमाले स्थायी कमिटीको बैठक जारी


काठमाडौँ – ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । सो बैठकमा सोमबार (भोलि) को लागि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय हुने बुझिएको छ ।

ओली पक्षले आज राखेको स्थायी कमिटी बैठक स्थगित गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आग्रह गरेको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले अब बैठक कुनैपनि हालतमा नरोक्ने जवाफ दिएका थिए । उनले यसअघि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने दिशामा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
अहिले नै नेपाल पक्षको पनि छुट्टै बैठक बसिररहेको छ । आज बस्ने संसद् बैठक प्रमाधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरिसकेको छ ।