राजनीति

देउवाले आजै विश्वासको मत लिने भएपछि माधव पक्षका नेता छलफलमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेसँगै नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । छलफलका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन् ।

छलफलमा सामेल नेता भीम रावलका अनुसार आजको छलफलमा विश्वासको मत बारे कुरा गर्ने कुनै एजेण्डा नभए पनि प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी भएको बुझिएपछि त्यस सम्बन्धमा स्वाभाविक रूपमा कुराकानी हुने उनले बताए । नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका छन् । उनले आजको छलफलमा विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारे पहिले नै निर्धारण गरिएको बताए ।

‘विश्वासको मतका बारेमा छलफल गर्ने आजको एजेन्डा त थिएन तर, प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी भएको बुझिएको र आजै संसद् समेत रहेकाले स्वाभाविक रूपमा कुराकानी हुन्छ ’ एक नेताले भने ।