देश

चौमतीबाट रेड पाण्डाको छालासहित दुईजना पक्राउ


काठमाडौँ – काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित विष्णुमति करिडोरबाट प्रहरीले रेडा पाण्डाको छालासहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका –५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मगराति छन् ।

रेड पाण्डाको छाला बेच्न हिडेको अवस्थमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत स्वयम्भुले थप अनुसन्धान गरिरहेको छ ।