राजनीति

माओवादी संसदीय दलको बैठकमा उपस्थित हुन ह्वीप जारी


काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा अबको संसद् अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

माओवादीले बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।