राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दै छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकको सन्दर्भ, विश्वासको मत र मन्त्री छनोट लगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि संसदीय दलको बैठक बोलाएको छ ।