राजनीति

महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं सभापति देउवाले खातीलाई पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पुर्याउनु भएको योगदानको सराहना गर्दै धन्यवाद दिएका छन् ।