राजनीति

एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजेपछि बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारीका लागि बैठक आयोजना गरिएको तामाङले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठक सोमबार बोलाइएको छ । तामाङका अनुसार पार्टी संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउँदै बैठकमा नेपाल पक्षका नेतालाई पनि आमन्त्रण गरिएको छ ।

ओली पक्षले यही साउन २५ देखि २७ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ । तर, नेपाल पक्षले भने ओलीले गराएको निर्णयलाई मान्यता दिएको छैन् ।