राजनीति

आफ्नो पक्षमा बहुमत पुगेको यादव पक्षको दावी, भोलिको संसद बैठकमा सत्तापक्षमा बस्ने निर्णय


काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ ।

यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । यसअघि ठाकुरको पक्षमा बहुमत देखिएको थियो । केपी ओली सरकार ढल्नु अघिसम्म ३२ जना सांसदमध्ये महन्थ ठाकुरको पक्षमा २० जना सांसद थिए भने उपेन्द्र यादवको पक्षमा १२ जना मात्र थिए ।

अहिले यादवको पक्षमा १९ जना सांसद पुगेको दावी गरिएको छ । यससँगै भोलिदेखि सुरु हुने संसद बैठकमा सत्तापक्षमा बस्ने यादव पक्षले निर्णय गरेको छ ।