राजनीति

देउवाविरुद्ध कडा बन्दै ओली, कसरी जोगाउलान् सरकार ? (भिडियोसहित)


काठमाडौँ – एमाले सरकार ढालेर प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत पु¥याउनै चुनौतिपूर्ण बनेको छ । तर उनी सबै दलहरुसंग सहकार्य गरेर विश्वासको मत पु¥याउने तयारीमा छन् । कति सहज छ त देउवाका लागि विश्वासको मत ?

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालको मुख्य चुनौति भनेको संसद्बाट विश्वासको मत प्राप्त गर्ने बनेको छ । एमालेको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीभित्र गरेको विद्रोह र गठबन्धनमाथि गरेको समर्थनका कारण प्रधानमन्त्री बन्न सफल भएका देउवालाई अब माधव पक्षले विश्वासको मत दिन÷नदिने टुङगीएको छैन ।

यद्यपी देउवालाई विश्वासको मत दिने तयारीमै रहेका बेला शुक्रबार एमालेको स्थायी कमिटी बैठकले कुनै पनि प्रतिनिधिसभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन दिएपछि थप अन्योलता छाएको छ । तर संसद्को पूर्ण आयु कायम गर्नका लागि भएपनि माधव पक्षले विश्वासको मत दिने कांग्रेसका नेताहरुको विश्वास छ ।

एमालेको माधव पक्ष नभए जसपाको सिङगो पंक्तिले देउवालाई मत नदिए बहुमत पुग्दैन । हाल संसदमा रहेको कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद र जसपाको उपेन्द्र यादव पक्षका १२ सांसदले देउवालाई बहुमत पु¥याउन सक्दैनन् । तर एमाले वरिष्ठ नेता नेपालले आफ्नो वचन इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आएकाले विश्वासको मत प्राप्त हुनेमा माओवादी पनि ढुक्क देखिन्छ ।

कांग्रेस र माओवादी विश्वासको मतलाई लिएर ढुक्क बनेका बेला एमालेको ओली पक्ष भने जसरी पनि देउवालाई अल्पमतमा पार्ने रणनीति बुनिरहेको छ । सबैको ध्यान माधव पक्षमाथि गईरहेका बेला देउवालाई मत दिए एमाले एक नहुने ठोकुवा गरिरहेको छ ।
एमाले जस्तै पार्टीको अन्तरकलहमा फसेको जनता समाजवादी पार्टी जसपा पनि देउवालाई मत दिने विषयमा एकमत छैन । उपेन्द्र यादवको पूर्वसमाजवादी धार देउवाकै साथमा रहेका बेला ओलीतिर लचक रहदै आएको पूर्व राजपाधार भने विपक्षीमा छ । उसले विश्वासको मत दिने÷नदिने निर्णय संसदीय दलमार्फत गर्ने बताएको छ ।

विश्वासको मत पाए पनि, नपाए पनि देउवा सरकारको मुख्य दायित्व भने निर्वाचन गराउनेमा केन्द्रीत देखिन्छ । विश्वासको मत नपाएको खण्डमा पहिला प्रतिनिधिसभाको र पछि स्थानीय तहको निर्वाचन गराउनुपर्ने दायित्व देउवाको काँधमा परेको छ । मत पाए बाँकी रहेको १७ महिना संसद् चल्ने छ र निर्वाचन हुनेछ । तथापी विश्वासको मत पु¥याउने खेलमा एमालेको माधव पक्षतिरै सबैको ध्यान तानिएको छ ।