राजनीति

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


काठमाडौँ — सत्तारुढ नेकपा माओवादी (केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो ।
दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन प्रमुख सचेतक गुरुङले भनेका छन् छ । गुरुङका अनुसार भोलिको संसदीय दल बैठक संसदमा प्रस्तुत हुने रणनीतिमा केन्द्रित हुने बताउनुभयो ।

प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार नै बसिसकेको छ । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय लिइसकेको छ ।