राजनीति

सांसदसहित ८०१ को परीक्षणगर्दा ३ जना कर्मचारीमा देखियो कोरोना पोजिटिभ


काठमाडौँ – भोलि बस्ने प्रतिनिधिसभा बैठकका लागि सांसदसहित ८ सय एक जनामा कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ ।

एन्टिजेन परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो । भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो। पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा भोलि अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।