कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ४२८ जना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४२८ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमाकाठमाडौँमा मात्रै २९९ जना छन् । यस्तै, ललितपुरमा ७७ र भक्तपुरमा ५२ संक्रमित थपिएका हुन् ।