राजनीति

महन्थ पक्षका ५ सांसद उपेन्द्र पक्षको बैठकमा सहभागी


काठमाडौँ – नता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् ।

सांसदहरू नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरि, रुही नाथ र प्रमोद साह यादव पक्षको बैठकमा सहभागी भएका हुन् ।

अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा यादव पक्षको संसदीय बैठक चलिरहेको छ । सो बैठकमा उनीहरू सहभागी भएका छन् ।

जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षबीचको विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।