राजनीति

माधवलाई भेट्न कोटेश्वर पुगे प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

शनिबार प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । प्रचण्ड पछिल्लो समय दिनहुँ जस्तै नेपाल निवास पुगिरहेका छन् । भेटवार्ता अहिले पनि जारी छ । उनीहरुबीच सहकार्य जारी राख्ने विषयमा छलफल हुँदै आएको छ ।