राजनीति

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । सोमबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर उक्त वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे । शुक्रबार नै संसदीय दलको बैठक समेत बसेको छ । संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए ।