राजनीति

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक



काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटीको बैठक साउन ३ गते ११ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको तामाङले जानकारी दिनुभयो ।