राजनीति

कोइराला परिवारबीच लञ्च मिटिङ,संस्थापन इतरबाट साझा उम्मेद्वार बनाउने विषयमा छलफल


काठमाडौँ – १४ औं महाधिवेसनमा साझा उम्मेद्वार तय गर्न शशांक, शेखर र सुजता कोइरालाबीच लञ्च मिटिङ भएको छ ।

महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा कोइराला परिवार बीच अहिले छलफल भइरहेको छ । उनीहरु बीच मुख्य एजेण्डा आसन्न महाधिवेशनमा संस्थापनइतरबाट साझा उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको शेखर कोइरालाको सचिवालयले जनाएको छ । यस्तै कृयाशिल सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितीमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भइरहेको छ ।