राजनीति

आफूलाई प्रलोभनमा पार्ने दुष्प्रयास नगर्न गंगा थारुको अपील


काठमाडौँ – नेकपा एमालेकी सांसद गंगा थारुले आफूलाई पार्टीकै नेताहरुले फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास भएको बताएकी छन् । साथै उनले आफूलाई कुनै पनि किसिमको प्रलोभन नदेखाउन र पार्टीको नीति कार्य नगर्न पनि आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटर लेख्दै भनेकी छन् ‘केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरि रहनु भएको छ । कृपया दुःख नगर्नु होला मित्रहरु ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन । यो स्पष्ट हो र यो मेरो प्रण पनि हो । पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो ।’

ओलीको सत्ताच्यूत भइसकेपछि सर्वाेच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश दिएको थियो । त्यसै अनुरुप एमालेको माधवकुमार नेपाल समूहले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको छ । यदि अब बाँकी रहेको अवधिमा देउवा नै प्रधानमन्त्री भइरहने हो भने देउवालाई विश्वासको मतका लागि एमालेका सांसदहरुको पनि समर्थन चाहिने अवस्था छ ।