राजनीति

ओलीसामु ठाकुर पक्षले गरे तटस्थ बस्ने प्रतिबद्धता


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले विश्वासको मत कसलाई दिने भन्ने टुङ्गो लगाएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छोटो सत्ता यात्रा गरेको जसपाको महन्थ ठाकुर पक्षले अब ‘ओली लाइन’ मै सामेल हुने प्रतिवद्धता जनाएको छ।

शुक्रबार बिहान नै ओली निवास बालकोट पुगेर ठाकुर पक्षले आफूहरु तटस्थ बस्ने निर्णय गरेको हो । महन्थ पक्षले ओली सामु देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन पनि नगर्ने र विश्वासको मत पनि नदिने प्रतिवद्धता जनाएको हो। आज ठाकुरसँगै राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका थिए ।

ठाकुर पक्षका एक नेताका अनुसार आफूहरुको इच्छा अनुसार नै ओलीले पनि कुरा राखेको बताए । उनले भने ‘ओलीजीले देउवा सरकारलाई समर्थन नगर्ने प्रतिवद्धता हामीबाट खोज्नु भएको थियो। हाम्रो पनि इच्छा त्यही नै हो। सर्वोच्च अदालतको फैसलालाई हामीले एकै नजरबाट हेरेका छौँ। देउवा सरकारलाई न समर्थन गर्न सकिन्छ न विश्वासको मत दिन सकिन्छ। यी विषयमा हामी एक भएका छौँ।’

जसपाका एक पक्ष ओलीतिर लाग्दा अर्का उपेन्द्र यादव पक्ष भने संसद् पुस्थापना र देउवा नेतृत्वको सरकार निर्माणका लागि संघर्षमा थियो।

जसपाका एक पक्ष ओलीतिर लाग्दा अर्का उपेन्द्र यादव पक्ष भने सरकारलाई समर्थन गर्ने या नगर्ने भन्नेमा ठोष निर्णय लिन सकेको छैन। सरकारलाई समर्थन गर्दा पार्टी फुट कसरी जोगाउने भन्नेमा यादव पक्ष आन्तरिक छलफलमा छ। यसअघि भने यादव पक्ष संसद् पुस्थापना र देउवा नेतृत्वको सरकार निर्माणका लागि संघर्षमा थिए।

अर्कोतिर जसपाको आधिकारिकताका मामिलामा परेका उजुरीहरु निर्वाचन आयोगमा विचाराधिन छन्। ओलीसँगको भेटपछि नेता शरदसिंह भण्डारीले भने, ‘ओलीजीसँग हामीले भेट गरेका हौँ। पछिल्लो राजनीतिक अवस्था, हाम्रा सहमति कार्यान्वयन र आगामी राजनीतिक गतिविधिहरुमाथि हाम्रो छलफल भएको छ। छलफल सकारात्मक रह्यो।’