राजनीति

‘फैसलाले एमाले फुट्ने भए ०५२ सालमा नै फुटिसक्थ्यो’


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाललाई इङ्गित गर्दै पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको बताएका छन् । उनले पार्टी फुट्नुमा भन्दा एकतामै बल हुने पनि बताएका छन् ।


बास्कोटाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै माधव नेपाललाई विगतबाट सिक्न आग्रह गर्दै फुटेर जानेको कहिल्यै राम्रो नभएको बताएका हुन् । चोइटिएका माओवादीहरु मिल्ने तरखरमा रहेको भन्दै उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेकाले मिल्न सुझाव दिए ।

नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुपर्ने बास्कोटाको बुझाइ छ । उनले भनेका छन्, ‘दशबुँदे अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’ उनले विगतमा फुटेको कांग्रेस, राप्रपा पनि मिलेको उदाहरण भएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो।कोही चोइटिएर पनि सकिँदैन।देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’