राजनीति

महाधिवेशन समयमै सम्पन्न गराउने कांग्रेस पदाधिकारी बैठकको निर्णय


काठमाडौँ – नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल गरिएको नेता रमेश लेखकले जानकारी दिनुभयो ।

उहाँले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिइसकेको र निर्वाचन समितिले महाधिवेशन आचारसंहिता पेश गरिसकेको बताउनुभयो । विदेशमा समेत गरेर कांग्रेसको क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उहाँले बताउनुभयो ।