राजनीति

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने


काठमाडौँ – नेकपा एमाले सर्वोच्च अदालतले संविधानको धारा–उपधाराको अपव्याख्या गरेर मुलुकलाई निर्दलीय व्यवस्थातर्फ अग्रसर गराएको निष्कर्ष निकालेको छ ।
आज बसेको संसदीय दलको बैठकले अदालतको फैसलाप्रति आपत्ति जनाउँदै जनताकाबीचमा भण्डाफोर गर्ने निष्कर्ष निकाले सांसद् विशाल भट्टाराईले जानकारी दिनुभयो ।
एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्न जाने कुरालाई पनि नैतिक ठहर्याउने प्रवृत्ति दलीय व्यवस्थाको विरुद्धमा भएको निष्कर्ष बैठकले भट्टराइले जानकारी दिनुभयो ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदलाई अर्को बैठकमा उपस्थित हुने वातावरण बनाउने निर्णय पनि बैठकले गरेको छ ।