राजनीति

नवनियुक्त महान्यायाधिवक्ता खातीद्वारा पद तथा गोपनियताको शपथ


काठमाडौँ – नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा एक समारोहबीच शुक्रबार खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको हो । यसअघि, महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो ।

गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गर्नुभएको हो ।