राजनीति

चिनियाँ राजदूत होउ यान्छीले एमाले नेता नेपाललाई निवासमै भेटिन्


काठमाडौँँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार अपरान्ह एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित नेपाल निवास पुगेर भेट गरेकी छिन् । करिब एक घण्टा उनीहरुबीच कुराकानी भएको थियो ।

एमालेका नेपालसहितका नेताहरुको समर्थनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा प्रधानमन्त्री बनेपछि नेपालस्थित विदेशी कुटनीतिक अधिकारीहरुको राजनीतिक भेटघाट निकै बाक्लिएको छ ।