राजनीति

अध्यादेश ल्याएर एमाले फोर्ने प्रयास हुने ओलीको जिकिर


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले कीर्ते कागजलाई मान्यता दिँदै अल्पमतलाई सरकार बनाउन परमादेश जारी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । एमाले संसदीय दलको शुक्रबार संघीय संसद भवनको ल्होत्से भवनमा भएको बैठकमा ओलीले सर्वोच्च अदालतले दलीय संरचना समाप्त गर्ने आधार तय गरेको बताउनुभयो ।

उक्त बैठकमा माधव नेपाल पक्षका सांसदहरु भने सहभागी भएका थिएनन् । बैठकमा ओलीले भन्नुभयो, ह्विप नलाग्ने र ह्विप उल्लंघन गरे कार्बाही गर्न नपाइने तर मागै नभएको महाअभिओगमा पनि ह्विप नलगाउने फैसला किन आयो ?’

त्यस्तै उहाँले एमालेबिरुद्ध अझ धेरै षडयन्त्र सुरु हुने उल्लेख गर्दै सदन छोटो समय बसेर टुङ्ग्याएर अध्यादेश ल्याएर एमाले फोर्ने प्रयाससम्म हुने जिकिर गर्नुभयो ।