देश

कैलालीको टिकापुरमा प्रहरीद्वारा लागु औषध बरामद


काठमाडौँ – कैलालीको टिकापुरमा प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा १४ ग्राम ९७० मिलिग्राम खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका वडा नं.७ का ३६ वार्षिय लोकेन्द्र साउँद र २८ वर्षिय धन सिंह सुनार रहेको इलाका प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।