कोरोना विशेष

कोरोना संक्रमण बढ्यो, २ हजार ९३६ संक्रमित थपिए, ४३ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ६१३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ र ४ हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जना गरी २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७७५ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।