कोरोना विशेष

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउन प्रधानमन्त्रीको निर्देशन


काठमडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई खोप केन्द्रको संख्या थप गरेर कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

मुख्यसचिव बैरागी र स्वास्थ्य सचिव अर्याललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर कोरोनाविरुद्धको खोप व्यवस्थित गरेर सर्वसाधारणलाई लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।