राजनीति

एमाले संसदीय दलको बैठक सुरु, माधव पक्ष अनुपस्थित


काठमाडौँ – नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।