समाचार

कारागार विभागका निर्देशकले नख्खु पुगेर भेटे कांग्रेस नेता अफ्ताबलाई


काठमाडौँ – कर्तव्य ज्यानसहितको मुद्दामा दोषी ठहर भएर सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई कारगार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीले बिहीबार भेटेका छन् ।

कांग्रेस दलका नेता शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बनेलगत्तै आलम छुट्ने चर्चा चलिरहेका बेला विभागका निर्देशकले नख्खु पुगेर आलमलाई भेटेका हुन् । स्रोतका अनुसार तिवारीले आलमसँग छुट्टै छलफल पनि गरेका थिए ।