राजनीति

शुभ साइत पारी देउवा बालुवाटारमा प्रवेश


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान १० बजेर ३ मिनेट जाँदा शुभ साइत पारी सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन् । देउवा आज बुढानिलकण्ठबाट बालुवाटारमा सरेका हुन्।


सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद् पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए। प्रधानमन्त्रीको शपथ लिएपछि उनी बुढानीलकण्ठस्थित निवासमै बस्दै आएका थिए।