Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कर्णाली

सात वर्ष लगाएर कर्णाली करिडोर निर्माण सम्पन्न


काठमाडौँ – सात वर्षअघि सुरु गरिएको कर्णाली करिडोर निर्माण कार्यले अन्ततः सफलता पाएको छ । नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य सम्पन्न भएको छ । २०७१ साल चैत ५ गतेदेखि नेपाली सेनालाई जिम्मा दिएसँगै कालीकोट, बाजुराको भूभाग छिचोल्दै हुम्लाको सरिसल्लासम्मको १ सय २२ दशमलव ७५ किलोमिटर लम्बाइ र ६ मिटर चौडाइ ट्रयाक खोली निर्माण कार्य सम्पन्न गरिएको हो ।

कर्णालीका स्थानीय बासिन्दा विकासमा जोडिने आशाले करिडोर निर्माण गरिएको हो । यो सडक भारतको रुपडिया नाकाबाट सुरु भएर कालीकोटको खुलालु, लैफु तथा बाजुराको जगन्नाथर हिमाली गाउँपालिका हुँदै हुम्लाको मैलाबाट सुरु भएर सिमीकोट जोडेर चीनको तिब्बतसँग सिमानासम्म जोडिएको छ । यो सडक कर्णालीको विकासका लागि मेरुदण्ड हुने हुम्ला बासीको बुझाइ छ । यो सडकको लम्बाइ १ सय २२ दशमलव ७५ किलोमिटरमा ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ३८ दशमलव ७५ किलोमिटर हुम्ला खण्ड रहेको छ ।