राजनीति

पूजापाठ गरेर बालुवाटार सर्दै देउवा


काठमाडौँ – धेरैजसो काम गर्दा शुभ साइत हेर्ने प्रधानमन्त्री शेरबहादुर देउवा आज साइत पारेर सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उहाँ आज बालुवाटार सर्न लाग्नु भएको हो ।

साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उहाँ आज सरकारी निवास जाने निजी सचिवालयले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।