विदेश

चीनको अर्थतन्त्र कोरोना अघिकै लयमा फर्कियो


काठमाडौँ – सन् २०२१ को दोस्रो चौमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) सात दशमलव नौ प्रतिशतले बढेको छ । कोरोना महामारी नियन्त्रणमा लिएसँगै चीनको कुल ग्राहस्थ उत्पादन बढेको चीनको अर्थ विभागलाई उदृत गर्दै समाचारसंस्था सीएनएनले जनाएको छ ।

कोरोना महामारीलाई नियन्त्रणमा लिएपछि घरेलु खपतमा भएको वृद्धि र उत्पादन बढेपछि जीडीपीको आकार बढेको हो । यो वृद्धिले चीनको अर्थतन्त्र महामारी अगाडिकै तहमा फर्काएको र अर्थतन्त्रमा सुधार भएको बताइएको छ ।

यस्तै दोस्रो चौमासिकसम्मको विवरण अनुसार चीनको अर्थतन्त्रको आकार १८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धी चीनले सन् १९९३ मा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेपछिकै सबैभन्दा धेरै भएको सीएनएनले जनाएको छ ।