राजनीति

प्रधानमन्त्रीको सिफारिसमा खाती महान्यायाधिवक्तामा नियुक्त


काठमाडौँ – सरकारको कानूनी सल्लाहाकार महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरले जनाकारी दिएका हुन् ।

खातीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेको जनाएको छ।

महान्यायाधिवक्ता नियुक्त खाती बाजुराका बासिन्दा हुन्।