राजनीति

साउन ३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान


काठमाडौँ – सरकारले आगामी साउन ३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते दिउँसो ४ बजे बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

असार २८ गते सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको हो ।