राजनीति

ओलीद्वारा संसदीय दलको बैठक आह्वान


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ।

नेकपा एमालेका २६ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । प्रधानमन्त्री हुँदा ‌ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्ने गरेका थिए।

सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ।