देश

गुल्मीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ – गुल्मीमा जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ । गुल्मीको सदरमुकाम नजिकै अर्खलेमा मोटरसाईकललाई जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको हो ।

धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ बर्षीय सुजन पाण्डेको ज्यान गएको हो ।

बोलेरो जीपको ठक्करबाट उनको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।