राजनीति

कांग्रेस पौडेल पक्षको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दैछ । महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बोलाइएको बैठकमा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषदमा सामेल गरेका छन् । बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।