राजनीति

प्रचण्ड, माधव र विप्लवबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा कुराकानी


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवबीच भेटवार्ता भएको छ ।

नेपालनिवास कोटेश्वरमा तीन नेताबीच आज बिहान भेटवार्ता भएको हो । सुरुमा नेपाल र विप्लवबीच भेटवार्ता भएको थियो । भेट चलिरहेको बेला प्रचण्ड नेपालनिवासमा पुग्नुभएको थियो । नेताहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको भेटमा सहभागी विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए । वृहत कम्युनिष्ट एकताको विषयमा केन्द्रित रहेर छलफल भएको स्रोतले दाबी गरेको छ ।