राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ । बिहीबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । त्यही आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो ।

‘बैठकमा कोरोना संक्रमण नियन्त्रण, अघिल्लो सरकारले गरेका कतिपय असंवैधानिक निर्णयका विषयमासमेत छलफल गर्ने संभावना छ,’ ती मन्त्रीले भने। बैठक दिउँसो १२ बजेपछि बस्ने छ ।