राजनीति

सत्यानाशको बाटो हिँडेका ओली र माधवलाई छाडेर भएपनि एमालेलाई एकढिक्का पाछौँ : योगेश भट्टराई (भिडियोसहित)


काठमाडौँ – सर्वोच्च अदालतको फैसलाले पार्टी सरकारबाहिर पुगेपछि नेकपा एमालेको विवाद मिल्ने भन्दा झन् बल्झने संकेत देखिएको छ ।

बुधबार बालुवाटार छाडेर बालकोट पुगेपछि ओलीले दिएको अभिव्यक्तिसंगै एमाले एक रहने सम्भावना नयून देखिएको छ । विभाजनको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको अवस्थामा एमाले दोस्रो तहका नेताहरुकै कारण फेरि एकजुट हुने दिशातिर एमाले अघि बढेको थियो । किनकि दोस्रो तहका नेताले चाहेको एकता ओली–नेपालले चाहेका थिएनन् ।

दोस्रो तहका नेताहरूले पहलकदमी नलिएको भए एमाले पहिले नै विभाजित भइसक्ने कतिपय नेताहरु बताउँछन् । फलस्वरुपः दुई नेताले एकता नचाहे दोस्रो तहका नेताहरुले हस्तक्षेप गरेरै भएपनि ओली–नेपालको विकल्प खोज्ने नेताहरु बताउँछन् । प्रस्तुत छ, नेकपा एमालेका नेता योगेश भट्टराई पार्टी एकतावद्ध योजनाबारे योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारीसँग गरिएको कुराकानी :