राजनीति

देउवा निवासमा कांग्रेस शीर्ष नेताको बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले आज २ बजे बुढानीलकण्ठस्थित निवासमा बस्ने गरी बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन पदाधिकारी र पूर्व पदाधिकारीलाई खबर गरिएको छ ।

बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ । कांग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सार्ने तयारइ गरिएको छ । केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको हो । आज बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवतस् नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ ।

वडा, गाउँरनगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो ।
साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो । तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिएपनि कति दिन भन्नेबारे खुलाइएको छैन ।

क्रियाशील सदस्यता छानबिन समितिले आज (बिहीबार) तोकिएकै समयमा क्रियाशील सदस्यता विवादको काम टुंग्याउने बताएको छ । क्रियाशील सदस्यता विवाद सम्बन्धी उजुरीलाई निष्कर्षमा पुर्‍याए पनि केही प्राविधिक विषय टुंगिन भने केही दिन लाग्ने समितिले जनाएको छ ।

समितिले अब ३२ निर्वाचन क्षेत्रको सदस्यता विवाद टुंग्याउन बाँकी छ । समस्यामा रहेका क्षेत्रको पनि सुरुवाती अध्ययन गरिसकेको समिति प्रवक्ता पौडेलले जानकारी दिए ।