समाचार

उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी, निर्णय गर्न सीडीओको बैठक बस्दै


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप्ने तयारी गरिएको छ ।

त्यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो १ बजे बजे बस्ने तय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल गरिने उहाँले बताउनुभयो ।