राजनीति

बालुवाटार छोड्नुपर्दाको ओली रोदन : बालकोटमा पुगेर माधवमाथि हमला, कस्तो देखियो विदाई यात्रा (भिडियोसहित)


काठमाडौँ – पाँच वर्षको म्यान्डेडसहित २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका केपी शर्मा ओली तीन बर्ष पाँच महिनापछि वालुवाटारबाट निस्कीएका छन् ।उनको विदाईमा कार्यकर्ता पंक्तिले साथ दिए । कस्तो भयो त ओलीको बालुवाटारदेखि वालकोटसम्मको यात्रा ?

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान कहिल्यै गएन, एकदिन मैले पनि पदबाट विदा लिनुपर्छ र वालुवाटार छोड्नुपर्छ भनेर ।तरसंसार उनले मात्रै थामेर थामिनेवाला थिएन । तीनवर्ष पाँच महिना पहिलेसिंह जस्तो बनेर वालुवाटार छिरेका ओली लगभग थकित विरालोकै जस्तोअवस्थामा निस्किनु पर्दा भने केही खल्लो महसुशपक्कै भएको होला । उनै ओलीलाई बुधबार केही थान गाडीका लस्कर र केही सय कार्यकर्ताको भीडले बालुवाटारबाट विदाई गरेर वालकोट पु¥याएका छन् ।

ओलीको विदाईलाई युवा संघ लगायतको युवापंक्तिले भव्य बनाउने प्रयास गरेको थियो । बालुवाटारबाट ओलीका ठुला–ठुला प्रतिमासहित वालकोटका लागि तय गरिएको यात्रामा भने प्रकृति ओलीसंग अलि खुशी देखिएन । सूर्य चिन्ह फहराउँदै वालुवाटार पुगेका ओलीलाई विदाईमा भने सूर्यकै साथ रहेन । दिनभर ढपक्क बादलले छेकेर पानी नै बर्साइदिएपछि रुझ्दै भिज्दै भएपनि कार्यकर्ताहरुले वालकोटसम्म ओलीलाई साथ दिए ।

वालकोट पुगिसकेपछि ओलीले वालकोनीमा उभिएर कार्यकर्ताहरुलाई सम्बोधन गरे । जनादेशको प्रधानमन्त्रीलाई परमादेशले हटाउने काम गरेको भन्दै अदालतमाथि खनिएका ओलीले कार्यकर्तामा केही आशा पनि बाँडे ।

एउटा बलियो सरकारको नेतृत्व गरेका ओलीले साढे तीन वर्ष विपक्षी र सहकर्मीलाई विच्काएरै विताए । जुन छोटो समय पक्कै होइन । तर नागरिकका सामु गरेका अधिकांश बाचा अधूरै÷अपूरै रहे । यद्यपी केही राष्ट्रिय मुद्दामा भने सम्झनलायक काम पनि गरे । तरयी सबै विषयहरू मूल्यांकन गर्दा अन्ततः दुई तिहाइ बहुमत नजिक रहेको ओली सरकार असफल सरकारका रुपमा दर्ज भएर बाहिरीनु प¥यो ।

ओलीले सही देखेको कुरा जनता र जगतले पनि सही देखेको भए, सायद शक्तिशाली प्रधानमन्त्री शक्तिहिन बनेर निस्किने अवस्था आउने थिएन । पाँचबर्षको जबरजस्त कार्यकालपछि जनताका बीचबाट विदाईका हातहरु हल्लाउँदै निस्कीनुपर्ने प्रधानमन्त्री केही थान कार्यकर्ताको भिड जम्मा गरेर मलिन अनुहारसहित बाहिरीनु पर्ने अवस्था आउने थिएन ।

प्रधानमन्त्रीको भूमिकामा रहँदा ओलीका कमजोरी विपक्षीदेखि जनस्तरसम्मले केलाए । तर त्यसलाई ओलीले एक कानले सुनेर अर्को कानले उठाइदिए ।कार्यकालमुक्त भएलामो आरामको समय पाएका ओलीले अब भने आफ्ना खोट पहिल्याउने र सच्याउनु पर्ने भएको छ । जसले उनको आगामी यात्रालाई सहज बनाउन मद्दत मिल्ने छ ।