राजनीति

जनता भन्छन् : ओली सरकारको जस्तो हर्कत अब आउने प्रधानमन्त्री र मन्त्रीले नगरुन (भिडियोसहित)


काठमाडौँ – स्थायी सरकारक रुपमा हेरिएको केपी शर्मा ओलीको सरकार ढलेसंगै शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको छ । झण्डै दुई तिहाईको ओली सरकारले देश र जनतालाई भुलाउने काम मात्र गर्यो । त्यसैले अब बन्ने सरकार र त्यसका मन्त्रीहरुले जनताको अपेक्षा अनुसार काम गर्नु पर्ने सर्वसाधारण बताउछन् ।

लामो समयको सर्घषपछि मुलुकले साढे तीन वर्षअघि केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार पाएको थियो । बहुमतसहितको जनमत पाएको वामगठबन्धनले झण्डै दुई तिहाईको सरकार बनायो । कम जनमत पाएको नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा पुग्यो ।

२०७४ फागुन ३ गते सरकार बन्दै गर्दा धेरैलाई लागेको थियो, जनताले बहुमत दिएर बनेको सरकार ५ वर्षका लागि स्थायी भयो । अब जनता र देशको लागि राम्रो काम गर्छ भनेर विश्वास पनि गरेका थिए । ओली सरकारले विकासको गती बढाउने, भ्रष्टाचार र ढिला सुस्ती हटाउने आम जनताको विश्वास थियो । केपी ओलीले भनेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारासहितको यात्राले मुलुक अगाडि बढ्ने आम विश्वास थियो । तर, ओलीको ५ वर्ष कार्यकाल नपुग्दै साढे तीन वर्षमै सरकार ढल्यो । पछिल्ला दशकमा व्यवस्था बदलियो, समाज बदलियो ।

राजनीतिक परिवर्तन भयो तर, राजनीतिक नेताको संस्कार भने कहिले बदलिएन । अहिले फेरि पाचौँ पटक कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । देउवाले पहिलो चरणमा गृहमन्त्रीमा बालकृष्ण खाँण, अर्थमन्त्रीमा जनार्दन शर्मा, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जामन्त्रीमा पम्फा भुसाललाई नियुक्त गरेका छन् । अब बन्ने मन्त्रीहरु भने देश र जनताको लागि काम गर्ने खालको हुनुपर्ने सर्वसाधारणहरु बताउँछन् ।

ओली सरकारको साढे तीन वर्षको आयुलाई मूल्यांकन गर्ने हो भने मुलुकले स्थिर सरकार होइन, स्थिर प्रधानमन्त्री मात्रै पायो । ओली सरकार बाहिरबाट हेर्दा एउटै भए पनि मन्त्रीहरुको हेरफेरले विगतकै अस्थिर राजनीतिको अवस्थामा रह्यो । त्यसैले अब बन्ने मन्त्री भनेको आफ्नो कुर्सी लागि भन्दा पनि यस्तो संकटको बेला सबै जनतालाई खोप पुराउने, रोजगारको व्यवस्था गर्ने र सबै क्षेत्रमा राम्रो काम गर्ने खाल बन्नु पर्ने सर्वसाधारण बताउँछन् ।

एकातिर कोभिडको महामारी छ । जनतामा समयमा खोप लगाउन नपाएको आक्रोश छ । अर्कोतिर बाढीपहिरोबाट लाखौं जनता आहात भएका छन् । साढे तीन वर्षअघि मात्र बहुमत दिएर स्थायी सरकार बनाउने जिम्मा दिएका तत्कालिन नेकपाको हर्कत देखेर जनताले कुनै मन्त्रीको पनि विश्वास गर्न सकेका छैनन् । त्यसैले गफ गर्ने मात्र होइन जनताको मन मुटुमा बस्ने गरी राम्रो काम गरेर देखाउनु आवश्यक छ ।