राजनीति

आयोगले रद्द गर्‍यो प्रतिनिधि सभा निर्वाचन कार्यतालिका


काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ का सबै कार्यतालिका रद्द गरेको छ । बुधबार आयोगले विज्ञप्ति जारी गरेर त्यस सम्बन्धमा जानकारी गराएको हो ।

‘निर्वाचन आयोगले सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८र३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारको सिफारिस अनुसार गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । सोही अनुसार निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । तर, सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै निर्वाचनको कार्यतालिका रद्द भएको हो ।