राजनीति

सरकार विस्तार र महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४औँ महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । मंगलबार प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो ।

कांग्रेसका मुख्यसचिव पौडेलका अनुसार बैठक कहाँ बस्ने भन्नेबारे टुंगो लागेको छैन ।