राजनीति

दश लाख धरौटीमा छुटे गच्छदार


काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार १० लाख धरौटीमा छुटेका छन् । उनलाई विशेष अदालत काठमाडौँले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । नेपाली कांग्रेसका नेता समेत रहेका गच्छदारविरुद्ध परेको मुद्दामा विशेष अदालतले उक्त आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।

गच्छदार आजै धरौटी रकम बुझाएर छुट्ने तयारीमा छन् । लामो समयदेखि फरार रहेका गच्छदार बुधबार बिहान अदालतमा उपस्थित भएका थिए । अहिले उनी विशेष अदालतमै छन् ।